Posts

आवाजको चौथो प्रत्यक्ष भेटघाट तथा नियमित बैठक कार्यक्रम सम्पन्न

Image
थारुके आवाज/२०७४ मङ्सिर ३ गते आइतबार  मोरङ्ग/थारुके आवाजको चौथो प्रत्यक्ष भेटघाट तथा नियमित बैठक कार्यक्रम हिजो मङ्सिर २ गते शनिबार  सम्पन्न भएको छ। मोरङ्गको DREAM PARK बिराटनगर -१९ बैजनाथपुर स्थितमा उक्त कार्यक्रम भएको थियो । थारुके आवाज कि अध्यक्ष सङ्गिता चौधरी ले कार्यक्रम को अध्यक्षता गर्नु भएको थियो।उक्त कार्यक्रममा संस्थाका लगभग २० जना सदस्यहरुको उपस्थिती रहेको थियो भने संस्थाको आर्थिक बिकाश लगायत विभिन्न बिषयमा छ्लफल पनि भएको थियो।

मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै

Image
थारुके आवाज/२०७४ मङ्सिर ३ गते आइतबार मोरङ्ग/यहि मिति २०७४ मङ्सिर ७ गते मोरङ्गको सुन्दर हरैचा नगरपलिका -२ पत्थरघट्टामा बिवाह पन्चमीको अवसरमा पत्थरघट्टा सान्स्कृतिक कार्यक्रम २०७४ हुने भएको छ।  कार्यक्रमको आयोजन पत्थरघट्टा युवा समूह सुन्दर हरैचा-२ पत्थरघट्टाले गर्दैछन। कार्यक्रमको आकर्षण मा चर्चित गायक तथा सङ्गितकारहरु प्रवलदिप बिश्वास, देवकृष्ण बिश्वास र थारु -यापर बिजय कायशिष्य साथै मिस थार्नी डान्स ग्रुप र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ भनी आयोजक टिमले जानकारी गराउनु भएको छ। साथै उक्त कार्यक्रममा उपस्थित जनाइ दिन हुन पनि आयोजक टिमले सबैमा निमन्त्रणा गर्नुभएको छ।

थारुके आवाज कतार परिवार को छैठो पटकको भेटघाट कार्यक्रम सम्पन्न

Image
थारुके आवाज/२०७४ कार्तिक २५ गते, शनिवार कतार/थारुके आवाज कतार परिवार को छैठो पटक को भेटघाट तथा नियमित बैठक कार्यक्रम हिजो सम्पन्न भएको छ। उक्त बैंठक थारुके आवाज कतार परिवारको अध्यक्ष श्री राजकुमार चौधरी ज्युको अध्यक्षतामा बसिएको थियो। उक्त बैठक सचीव श्री जितेन्द्र बिश्वास ज्युले संचालन गर्नुभएको थियो। बैठकमा समितिका सम्पुर्ण पदाधिकारी , सदस्यहरुले क्रमशः आ-आफ्नो बिचार धारण प्रस्तुत गरे संगै सामाजिक कार्यक्रमका लागि थारुके आवाज सामाजिक संस्थालाई सहयोग गर्नका निमित्त पुनः आर्थिक संकलन गरेका छन। थारु समाजका निमित्त महिनावारी बचत संकलन गर्दै आएका थारुके आवाज कतार परिवार ले यो छैठो पटकको बैठकमा पनि निरंतरता दिएको छ। समुहमा संकलन भएको जम्मा रकम नेपालमा रहेको थारुके आवाज सामाजिक संस्थालाई सहयोग स्वरुप सहयोग रकम प्रदान गर्दै आएको छ। हिजोको बैठकमा आफ्नो अमुल्य समय दिई निम्न सदस्य हरु उपस्थिति जनाएका थिए। साथै उक्त बैठक मा नया सदस्यहरु पनि उपस्थिती जनाएको थियो। (१) राज कुमार चौधरी  (२) दयानन्द चौधरी  (३) श्रीराम माझी (४) जितेन्द्र बिस्वास  (५) दिलीप कुमार सरदार (६...

सिरहाको लाहानमा मिस्टर एण्ड मिस थारुको चौथो अडिसन सम्पन्न पाँचौ तथा अन्तिम अडिसन भोलि २५ गते काठमाडौँमा

Image
 थारुके आवाज /२०७४ कार्तिक २४ गते सिरहाको लाहानमा मिस्टर एण्ड मिस थारुको चौथो अडिसन सम्पन्न भएको छ । नेपालमै पहिलो पटक यो अवसर संचालन भइ नियमित अडिसनको क्रममा आज चौथो अडिसन लाहानको  ओर्चिड क्याफे  आज सम्पन्न भएको हो। यो अडिसन १९ गते धनगढि,२२गते चितवन, २३ गते मेजुवान रेस्टुरेन्ट झुम्का सुनसरीमा र आज लाहानको  ओर्चिड क्याफे  आज सम्पन्न भएको हो।  यस अडिसनकाे लागि लाहानमा  १५ जनाले मात्र आवेदन दिएका थिए । अडिसनमा निवेदक हरुको छनोटका निम्ति आज निर्नायक मण्डलका सूर्या चौधरी र मोडेल अर्चना चौधरी रहेका थिए । अडिसनमा निर्णायकले समान्य ज्ञानका कुराहरु,परिचय र उ सग रहेको क्षमताको बारेमा सोधेको थियो। उनिहरुको जबाफ र प्रसनको उतर अनुसार जम्मा ५ जना क्रमश: १. सागर बिस्वास २. सुशील कुमार चौधरी ३. सीता चौधरी ४. शशिकला चौधरी ५. चित्ररंजन चौधरी छनौटमा परेका छन। यसको फाइनल राउन्डका लागि ट्रेनिंगको व्यवस्था आयोजक कमिटीले राख्ने भएको छ । त्यसै गरि  भोलि  २५  गते  मासाला  कोटेज  बानेश्वर काठमाडौँ मा पाँचौ तथा...

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा

Image
थारुके आवाज/ मोरङ्ग सानो बासको छाप्रो । छाप्रो मुनि चुलो बनाएर आलु चप र प्याजी बनाएर बिक्री गर्ने एक बृद्धा महिला । मोरङ्गको बुढीगंगा गाउँपालिका – ७ तिलाठे चौकमा ६७ बर्षिया बालोदेवी मोदी (थारु) प्याजी र आलु चप बनाएर बिक्री गरेको १५ वर्ष भएको छ । यसरी हप्तामा दुई पटक स्वादिलो प्याजी र आलु चप विक्री गर्ने थारुनी वृद्धा पूर्व संसद अमनलाल मोदीका आमा हुन् । अमनलाल मोदी दोस्रो संबिधान सभाको निर्वाचनमा माओबादी केन्द्रबाट सांसद बनेका थिए । चार बर्ष पहिले संसदमा मध्यराती कुर्सी भाँचेर उनले आम चर्चा पाएका थिए । बिघठित संसदको शुसासन समितिका सदस्य रहेका मोदी थारु कल्याणकारी आन्दोलनमा पनि सक्रृय थिए । हातखुट्टा चलुन्जेल गरेर खानुपर्छ मागेर हैन भन्ने साहशी आमा बालोदेवीको बुझाई छ । यसैले छोराहरुले अब काम गर्नुपर्दैन भन्दा पनि उनले चौकमा बसेर चप बिक्रि गर्न छाडेकी छैनन् । चप बेचेर दिनको ३ देखी ५ सय रुपैया सम्म कमाई गर्दै आएको उनले बताइन् । एकल महिला बालोदेवीले चप बिक्रि गरेरै आफना ७ जना सन्तानको लालन पोषण गरेको स्थानियहरु बताउँछन् । पूर्व सांसद अमनलाल निम्न बर्गीय परिवारकी बालोदेवीका कान्छा छोरा ह...

सुनसरीको झुम्कामा मिस्टर एण्ड मिस थारुको अडिसन सम्पन्न भोलि २४ गते लाहानको ओर्चिड क्याफे चौथो चरणको अडिसन हुने

Image
थारुके आवाज/२०७४ कार्तिक २३ गते बिहिबार सुनसरीको झुम्कामा तेस्रो चरणको  थारु मिस्टर एण्ड मिस थारुको अडिसन सम्पन्न भएको छ । नेपालमै पहिलो पटक थारु युवा युवतीहरुको लागि यो अवसर संचालन भइ तेस्रो अडिसन झुम्काको मेजुवान रेस्टुरेन्टमा आज सम्पन्न भएको हो। यो अडिसन १९ गते धनगढि,२२गते चितवन हुँदै र २३ गते म्याजिक सिनेमा हलको मेजुवान रेस्टुरेन्टमा विधि पुर्वक संचालन भएको थियो। यस अडिसनकाे लागि सुनसरीमा मात्र ७५ जनाले आवेदन दिएका थिए । अडिसनमा निवेदक हरुको छनोटका निम्ति निर्णायक मण्डल थारु पत्रकार संघका केन्द्रिय सदस्य तथा क्षेत्र न.का इनचार्ज कुलदिप चौधरी, कार्यक्रमका निर्देशक शुरेस चौधरी ,इभेण्ट मेनेजर सुदिप चौधरी ,जज/ मोडेल बन्दना चौधरी रहेका थिए । अडिसनमा निर्णायकले सामान्य ज्ञानका कुराहरु,परिचय र उ सग रहेको क्षमताको बारेमा सोधेको थियो। उनिहरुको जबाफ र प्रश्नको उतर अनुसार जम्मा ११ जना क्रमश १. शेखर चौधरी २. जासेफ चौधरी ३. मोनिता  चौधरी ४. सनम चौधरी ५. एनुका चौधरी ६. पुजा चौधरी ७. शाहिल जित चौधरी ८. पूजा चौधरी ९. पारस मनि चौधरी १०. सुजन चौधरी र ११. बिन्जु चौधरी छनौटमा ...

हमर असफल सपना (Review)

Image
मोरङ बेलबारी न.पा.-५ कसेनी के पृथीचन माझी थारु के कथा                    हमर असफल सपना  मङगल के दिन छेली।बास्तवमे मङल दिन मोरङ सुन्सरी के विशेष आर बड्की हाट दुहबी हाट लाग्छी।उ दिन हमे ददा सङे दुहबी हाट घुमफिर करे गेनी छल।सन्चरुवा दुहबी हाट एकदमे बड्की हाट,सन्चरुवा एकदमे भिड भाड रहेक आर विशेष करिके बड्की मङ्गल दिनके दुहबी हाट मे थारु थारनी सवके भिड भाड रहेक।जलना छौरी ना अचरा खर्की चोलिया पिन्ल त मरद छौरा ना धोती गम्छा आर जम्मा मे सजल देखेन।बास्तवमे उटा हाट एकदमे थारुमय लागेक। व्ह्याबग उटा थारुमय दुहबी हाट घुमफिर करेके क्रममे हमर लजर परि गेली एकटा सुनरी परीमे।जे कि उटा भिड भाड हाटमे फुलकोवी बेचेक बैठिके ।सन्चरुवा उटा परी एक्दमे सुनरी लागेक स्वर्गके अपसरा लखान ।आर उटा परी पिन्ल छेली अचरा खड्की आर चोलिया।बास्तवमे उना थार्नी के ओसवास उटा स्वर्गके अपसरा लखान परिके एकदमे सबल छेली।हमे उटा परीके देखीके ददाके देख्या देनी कि देख ददा उटा छौरी किनेङ सुनरी छि स्वर्गके अपसरा लखान।मतर उटा सुनरी परी रहछी ददाके मोस्यत सारी ।ददा देखि के चिन्ही ले...