सुनसरीको झुम्कामा मिस्टर एण्ड मिस थारुको अडिसन सम्पन्न भोलि २४ गते लाहानको ओर्चिड क्याफे चौथो चरणको अडिसन हुने

थारुके आवाज/२०७४ कार्तिक २३ गते बिहिबार
सुनसरीको झुम्कामा तेस्रो चरणको  थारु मिस्टर एण्ड मिस थारुको अडिसन सम्पन्न भएको छ । नेपालमै पहिलो पटक थारु युवा युवतीहरुको लागि यो अवसर संचालन भइ तेस्रो अडिसन झुम्काको मेजुवान रेस्टुरेन्टमा आज सम्पन्न भएको हो। यो अडिसन १९ गते धनगढि,२२गते चितवन हुँदै र २३ गते म्याजिक सिनेमा हलको मेजुवान रेस्टुरेन्टमा विधि पुर्वक संचालन भएको थियो। यस अडिसनकाे लागि सुनसरीमा मात्र ७५ जनाले आवेदन दिएका थिए ।
अडिसनमा निवेदक हरुको छनोटका निम्ति निर्णायक मण्डल थारु पत्रकार संघका केन्द्रिय सदस्य तथा क्षेत्र न.का इनचार्ज कुलदिप चौधरी, कार्यक्रमका निर्देशक शुरेस चौधरी ,इभेण्ट मेनेजर सुदिप चौधरी ,जज/ मोडेल बन्दना चौधरी रहेका थिए । अडिसनमा निर्णायकले सामान्य ज्ञानका कुराहरु,परिचय र उ सग रहेको क्षमताको बारेमा सोधेको थियो। उनिहरुको जबाफ र प्रश्नको उतर अनुसार जम्मा ११ जना क्रमश
१. शेखर चौधरी
२. जासेफ चौधरी
३. मोनिता  चौधरी
४. सनम चौधरी
५. एनुका चौधरी
६. पुजा चौधरी
७. शाहिल जित चौधरी
८. पूजा चौधरी
९. पारस मनि चौधरी
१०. सुजन चौधरी र
११. बिन्जु चौधरी
छनौटमा परेका छन।
यसको फाइनल राउन्डका लागि ट्रेनिङ्गको व्यवस्थाआयोजक कमिटीले राख्ने भएको छ । फोटाेकाे लाागि क्यामरामाराजुश्रेष्ठले साथ  दिनु भएको थियो भने कार्यक्रम सफल बनाउन मेजुवान रेस्टुरेन्टका प्रो प्राइटर नवीन चौधरी,  दिपेन्द्र कुवर र दिनेश चौधरीले सहयोग गरेका थिए। त्यसै गरि  भोलि २४ गते  लाहानको ओर्चिड क्याफे  चौथो  चरणको  हुने भएको छ । कार्यक्रम करिब ११ बजे देखि  ४ बजे सम्म हुने आयोजकले जानकारी दिएका छन्।

त्यसै गरि अन्य चरणको अडिसन हुने मिति र स्थान यस प्रकार रहेको छ :
चौथो  चरण : लाहान      
मिति : कार्तिक २४ गते      
स्थान : ओर्चिड क्याफे
सम्पर्क : ९८०३२०६८२५ , ९८४३६०५५०३ 

पाचौ चरण   : काठमाडौ  
मिति : कार्तिक २५ गते     
स्थान : मसाला कटेज नया बानेश्वर
सम्पर्क : ९८०४०७७०५०, ९८०४०६७४२२

Comments

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

देउसी-भैलोको स्वरुप फेरिदै

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा