थारु पत्रकार महासंघ को तेस्रो महाधिवेशनमा उत्कृष्ट थारु पत्रकारहरुलाइ पुरस्कार प्रदान

थारुके आवाज /२०७४ कार्तिक १८ गते शनिबार
 यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार बाँकेमा कार्यरत पत्रकार विश्वराज पछलडंगियालाई प्रदान गरिएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा थारु पत्रकार संघ नेपालको नाममा स्थापित उक्त पुरस्कार सुनसरीको झुम्कामा आयोजित तेस्रो महाधिवेशनमा प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले नेता भगवती चौधरीले उक्त पुरस्कार पत्रकार पछलडंगियालाई हस्तान्तरण गरेको थियो। पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ। त्यस्तै यसैवर्षदेखि कैलालीका अभियन्ता इन्दु थारुद्वारा स्थापित जोखन-जगत रत्गैँया राष्ट्रिय पत्रकारिता पुरस्कार कैलालीका क्रियासिल महिला पत्रकार कालीमैया चौधरी उन्नतीलाई प्रदान गरिएको छ। उक्त पुरस्कार संस्थापक इन्दु थारु र प्रमुख अतिथि भगवती चौधरीले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए। पुरस्कारको राशि ६ हजार १ रुपैयाँ रहेको छ। त्यस्तै संघले यसवर्षको उत्कृष्ट शाखाको सम्मान बाँकेलाई प्रदान गरेको छ। बाँकेकी अध्यक्ष विमलाई चौधरीलाई केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले उक्त सम्मान प्रदान गरेका थिए।


 उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न थारु संघ संस्थाहरुको उपस्थितिको साथै थारुके आवाज का सदस्यहरु पनि सहभागी भै सहयोग गरेको थियो।

Comments

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा

मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै