सिरहाको लाहानमा मिस्टर एण्ड मिस थारुको चौथो अडिसन सम्पन्न पाँचौ तथा अन्तिम अडिसन भोलि २५ गते काठमाडौँमा

 थारुके आवाज /२०७४ कार्तिक २४ गते
सिरहाको लाहानमा मिस्टर एण्ड मिस थारुको चौथो अडिसन सम्पन्न भएको छ । नेपालमै पहिलो पटक यो अवसर संचालन भइ नियमित अडिसनको क्रममा आज चौथो अडिसन लाहानको  ओर्चिड क्याफे  आज सम्पन्न भएको हो। यो अडिसन १९ गते धनगढि,२२गते चितवन, २३ गते मेजुवान रेस्टुरेन्ट झुम्का सुनसरीमा र आज लाहानको  ओर्चिड क्याफे  आज सम्पन्न भएको हो।  यस अडिसनकाे लागि लाहानमा  १५ जनाले मात्र आवेदन दिएका थिए । अडिसनमा निवेदक हरुको छनोटका निम्ति आज निर्नायक मण्डलका सूर्या चौधरी र मोडेल अर्चना चौधरी रहेका थिए । अडिसनमा निर्णायकले समान्य ज्ञानका कुराहरु,परिचय र उ सग रहेको क्षमताको बारेमा सोधेको थियो।
उनिहरुको जबाफ र प्रसनको उतर अनुसार जम्मा ५ जना क्रमश:
१. सागर बिस्वास
२. सुशील कुमार चौधरी
३. सीता चौधरी
४. शशिकला चौधरी
५. चित्ररंजन चौधरी
छनौटमा परेका छन। यसको फाइनल राउन्डका लागि ट्रेनिंगको व्यवस्था आयोजक कमिटीले राख्ने भएको छ । त्यसै गरि  भोलि  २५  गते  मासाला  कोटेज  बानेश्वर काठमाडौँ मा पाँचौ तथा अन्तिम  चरणको अडिसन  हुने भएको छ । कार्यक्रम करिब ११ बजे देखि  ४ बजे सम्म हुने आयोजकले जानकारी दिएका छन्।

Comments

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा

मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै