Posts

Showing posts from October, 2017

सुनसरी क्षेत्र न.३ मा ने क पा एमाले नेत्री भगवती चौधरी को जीत को सुनिश्चितता को दाबी

Image
थारुके आवाज/२०७४ कार्तिक १५ गते बिहिवार सुनसरी– नेकपा (एमाले) बाट सुनसरी क्षेत्र नंं ३ की उम्मेद्वार, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले यसपटक आफ्नो जित सूनिश्चित भएको बताएकी छन् । सुनसरी क्षेत्र नं. ३ मा मतदाताको माया र सहयोगले आफ्नो जीत सूनिश्चित भएको दाबी गर्दै उनले भनिन्,“यसअघिको संविधानसभा निर्वाचनमा मेरो पक्षको मत नियतबस वदर गराएर मलाई हराइएको थियो, यसपाली त्यस्तो हुन नदिनप्रति सबै सचेत हुनुपर्छ ।” सुनसरीको समृद्धिका लागि विकास निर्माण र युवाको रोजगार नै आफ्नो पहिलो एजेण्डा रहेको बताउँदै नेतृ चौधरीले गच्छदार पैसाको चलखेल गरेर मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाइन् । उनले आफू निर्वाचित भएमा सुनसरीमा ‘एक घर एक रोजगार’को ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाइन् । सुनसरीको विकास, आर्थिक सवलीकरण, एक घर एक रोजगारको व्यवस्था, प्राविधिक शिक्षालयको स्थपना तथा महिलाको सशक्तिकरण गर्ने लक्ष्य आफ्नो रहेको बताउँदै उनले यसपाली आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गरिन् । चुनावी अभियानकाक्रममा उनले अहिले घरदैलो अभियान गरिरहेकी छन्। यसअघि दोस्रो संविधानसभा निर्वाचनमा ...

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो दुर्घटनाका घाइतेहरुकाे नामावली सहित

Image
थारुके आवाज/२०७४ कार्तिक ११ गते शनिबार धादिङ्गको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाकाे मृत्यु भए पनि पहिचान नखुलेको अनलाइनखबरलाई जानकारी दिए । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भएको तर बसमा कति यात्रु भन्ने खुलेकाे छैन । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो । घाइतेहरुका अनुसार बसमा करीब ५० जनाभन्दा बढी यात्रु थिए । प्रशासकीय अधिकृत मिश्रका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ।  घाइतेहरुकाे नामावली (१) अमन ठाकुर – राजबिराज न पा. – २ (२)श्रवण कुमार ठाकुर – राजबिराज न पा . -२ ...

घुससहित समातिए इलाका प्रशासन कार्यालय धरानका तीन नासु

Image
थारुके आवाज/२०७४ कार्तिक ८ गते बुधबार सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार इलाका प्रशासन कार्यालय धरानका तीन जना नायव सुब्बा (नासू) २० हजार घुससहित रंगेहात समातिएका छन् । आयोगका डिएसपी मुकुन्द रिजालको नेतृत्वमा खटिएको टोलीले इप्रका धरानका नायव सुब्बात्रय हर्कराज राई, युवराज पोखरेल र मोहन सुवेदीलाई समातेको हो । बराह नगरपालिका–२ का एक सेवाग्राहीलाई नागरिकताको जन्म मितिको महिना सच्याउनको लागि भन्दै २० हजार रुपैया घुस लिएका थिए । उनको जन्ममितिमा एक महिनाको फरक रहेको थियो । यथार्थमा जन्ममितिको महिना सच्याउनको लागि पैसा नलाग्ने कर्मचारीहरु बताउँछन् । जन्म मिति सच्याउनको लागि सम्बन्धित नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएपछि उक्त निवेदनको आधारमा प्रक्रिया पुर्याइएको कागजात हेरेर प्रशासनले सच्याउने गरेको छ । डिएसपी रिजालका अनुसार राईले लिएको नगद पोखरेल मार्फत् राजश्वका सुवेदीलाई दिएका थिए । सुवेदीले ड्रमा राखेका थिए । ‘पैसा एकैछिनमा राईमार्फत् पोखरेल हुँदै सुवेदीको हातमा पुगिसकेको रहेछ ।’ उनले भने, ‘पछि केरकार गर्दा मात्रै ड्रमा राखेको पाइयो ।’ राई नागरिकता प्रत...

सातौ दिवा साङ्गितिक रमझम २०७४ सम्पन्न

Image
थारुके आवाज/२०७४ कार्तिक ६ गते सोमबार हिजो २०७४ कार्तिक ५ गते आइतबारका दिन बिहान ११ बजे देखि बर्जु गाउँ पालिका -६ दैता (पोखरीको डिलमा)सुनसरी मा दैता समूह को आयोजनामा २०७४ सालको दिपावली तथा छट पर्वको शुभकामना को साथ सातौ दिवा साङ्गितिक रमझम २०७४ सप्पन्न भएको छ। उक्त कार्यक्रम को प्रमुख अतिथी फरवार्ड माइक्रो फाइनान्सका प्रमुख भगवति चौधरी हुनुहुन्थ्यो भने बिशिस्ट अतिथीमा बर्जु गाउपालिका प्रमुख रघुनन्दन चौधरी रहनु भएको थियो।  त्यसै गरि उक्त कार्यक्रम को मुख्य आकर्षण गायक हरु प्रवलदिप बिश्वास,DJ KRISHNA,देव कृष्ण बिश्वास,राम चन्द्र चौधरी ,निकिता मण्डल ,अनुमा चौधरी र प्रकाश माझी को बेजोड गित को प्रस्तुतीहरु दिनु भएको थियो भने मिस थार्नी डान्स युनिट,अमाही बेल्हा डान्स युनिट,जुनियर डेभलपमेन्ट क्लब,बर्जु चिमडी डान्स क्लब,बर्जु इनरुवा डान्स क्लब र दैता डान्स गाइज र स्थानीय कलाकारहरूको धमाकेदार डान्स प्रस्तुती रहेको थियो।  त्यसै गरि उक्त कार्यक्रम सफल बनाउन मिसन नेपाल,Leo club of Biratnagar young heart, थारुके आवाज, थारु कला प्रतिश्ठान,थारु बिधार्थी सभाको सहकार्य रहेको थियो...

बारामा शंकर चौधरी थारु प्रहरी नियन्त्रणमा

Image
थारुके आवाज/२०७४ कार्तिक ३ गते शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका स्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउन्ड हवाईफायर गरेको छ ।बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो। प्रहरीले एक ठाउँका जुवाडेलाई समाउन खोज्दा गाउँका अन्य ठाउँका जुवाडेहरुले प्रहरीलाई गाउँमै घेरेको र बाध्य भएर स्थिति नियन्त्रणमा लिन हवाईफायर गरेको प्रवक्ता साहको भनाइ छ। जुवाडे र प्रहरीबीच दोहोरो झडपसमेत भएको थियो । झडपमा एक प्रहरीसहित केही स्थानीयवासी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–५ बकुलियाका शंकर चौधरी थारुलाई नियन्त्रणमा लिएको छ भने नगद रु १५ हजार बरामद गरेको छ ।

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

Image
आवाज(पृथीचन)/२०७४ कार्तिक ३ गते शुक्रवार आज अहिले भर्खरै लगभग मलेसियन समय अनुसार दिउँसो २:१५ मा मलेसियाको सेलेङ्गर केलाङ्गको मेरु भन्ने ठाउमा नेपाली कामदारहरूले काम गरि रहेको कम्पनी(NOTION VENTURE) NOTION VTEC BERHAD मा आगलागी भएको छ। आगलागी नियन्त्रण गर्न ३/४ वटा दमकलले प्रयास गरि रहेको र अहिले ३:०० बजे सम्ममा पनि नियन्त्रण हुन सकेको छैन भनि उक्त कम्पनी मा काम गर्ने हाम्रा सहकर्मी कृष्ण चौधरी ले थारुके आवाजलाइ जानकारी गराउनु भएको छ।

बहुत बनिहया झिलमिल हेते सुकरात

Image
बहुत बनिहया सुहान झिलमिल हेते सुकरात, सवका खेतेपिते दारु भाङ्ग सेकुवा मासुभात, पान खेते जिहा लाल कर्ते खेल ते जुवा तास, आगुपाछु कोइ नहि सोचते थारुसव हेतै बरबाद, सवहै घरमे लेवोस कहछुन लक्ष्मी माता बास, मोरङ सुनसरी के युवायुवती के छु आशीर्वाद, बहुत झन कहल्के happy दिपावली सुकरात, आजुकालू कर्तेकर्ते बितिजेते आखिर सुकरात, सुकरात ओरते छैंठ एते कर्ते सुरुज के उपास, बहुतबहुत आपन धर्मकर्ममे छे थारुके बिस्वास, शुभ सुकरात छैंठ एकादशी के भि छु शुभकामना, करि देवोस सवहैके पूरा लक्ष्मी माता मनोकामना, मान्है पर्तु खेल्है पर्तु कर्है पर्तु धर्म कर्म से सामना, सवना संगी बहेन्जी के छु सुकरात के शुभकामना, थारु युवा साहित्यकार सुरेश चौधरी खुनियाँकटा,

तिहारको दोस्रो दिन कुकुर तिहार

Image
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।

थारु अनलाईन मिडिया र नेक्स्ट ईभेन्ट ईन्टरनेश्नलको आयोजनामा नेपालमै पहिलो पटक मिस र मिस्टर थारु प्रतियोगिता एक साथ हुँदै

Image
 थारुके आवाज/२०७४ कार्तिक ०१ बुधबार  थारु अनलाईन मिडिया र नेक्स्ट ईभेन्ट ईन्टरनेश्नलले नेपालमै पहिलो पटक मिस र मिस्टर थारुको आयोजना गर्न लागेको छ । जातीगत मिस र मिस्टर प्रतियोगिताहरुको आयोजना हुँदै आएपनि थारु समुदायमा यस्तो प्रतियोगित पहिलो पटक हुन लागेको हो । थारु समुदायबाट भने मिस नेपाल प्रतियोगितामा भाग लिएर उपाधि समेत जितिसकेको छ । बर्षा लेखीले मिस नेपालको दोस्रो रनरअप अर्थात मिस ईन्टरनेश्नल भइ सकेकी छिन् । यो उपाधी नै थारु समुदायबाट सहभागी प्रतियोगीहरुमध्येबाट सवैभन्दा ठुलो /उपाधी पनि हो । त्यस्तै बर्षा लेखी भन्दा अगाडी निश्मा चौधरीले टप पाँचमा पुग्दै मिस बब्ली भएकी थिईन । त्यस्तै पूजा चौधरीले एयर होस्टेसको फस्ट रनरअप भईसकेकी छन् । थारु युवा युवतीमा ट्यालेन्ट भएपनि यो क्षेत्रमा कसैले हात नहालेपछि उनीहरुको ट्यालेन्ट मरिरहेको छ । तर अबको केही दिनमै राजधानीमा मिस र मिस्टर थारुको एक साथ आयोजना हुँदै छ । यसले थारु समुदायको युवायुवतीमा भएको ट्यालेन्टलाई झन निखारिने छ । लामो समयको गृहकार्य पछि सुरेश चौधरी (भाईरस थारु)को नेतृत्वमा थारु अनलाईन मिडियाले प्रतियोगिताको आयोजना गर्न ल...

सुनसरीका प्रमुख प्रहरी एस पि बिधानन्द माझी सम्मानित

Image
उत्कृष्ठ कार्य सम्पादनका आधारमा सुनसरीका एसपी सम्मानित थारुके आवाज(pcm tharu)/२०७४असोज ३० गते मङ्गलबार         सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी ६२ औं प्रहरी दिवसको अवसरमा सम्मानित हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भई आएको छोटो समयमा सुम्पिएको पदीय दायित्व र जिम्मेवारी विभागिय निति निर्देशन अनुरुप अनुशासित तवरले कार्य सम्पादन गरेको मूल्याङकनका आधारमा एसपी माझीलाई संघीय प्रहरी ईकाई कार्यालयले सम्मान गरेको हो । कार्य दक्षता र हौसलामा अभिवृद्धि हुनुका साथै प्रहरी कर्मचारीहरु समेतमा सकारात्मक प्रभाव पर्न जाने भएकाले कार्य सम्पादन मूल्याङकनका आधारमा एसपी माझीलाई ६२ औं प्रहरी दिवसका अवसरमा सम्मान गरिएको संघीय प्रहरी ईकाई कार्यालय धरानले जनाएको छ । माझी सुनसरी सरुवा भई आएको चार महिनाको अवधीमा प्रहरीले लाखौं मूल्यको भन्सार छलिका सामान बरामद गरि भन्सार बुझाएको छ । फरार अभियुक्त पक्राउसँगै तस्करी नियन्त्रण, मदिरा उत्पादन तथा विक्रिमा कडाई र जुवा तासका साथै गुण्डागर्दी नियन्त्रणको अभियानलाई एसपी माझीले सुनसरी आइकन कडाईका साथ अघि बढाएका छन् ।

राम सागर चौधरीको सुझाव पत्र

Image
आदरणीय समाजसेवी ,लेखक तथा थारु समाजका अग्रज राम सागर चौधरी ले आदरणीय नेता बिजय गच्छदार ज्युको लागि लेख्नु भएको सुझाव पत्र!!! आदरनिय नेता बिजय कुमार गछदार ज्यू । जय नेपाल को अभिवादन । मलाई केहि मनमा खुलदुलि लागेर नै लेखेको हो । तपाईले आफुलाई कसरि हेर्नु भएको छ मलाई थाहा छैन। तपाईका बिचार, भाषणहरु र पत्र पत्रीकामा समाचार पढेर दृष्टीकोण बनाउन सकिनछ।तपाइ जस्तो सछम, सवल, होनहार, गतिसिल गुणहरुले भरिऐको ब्यक्ती कांग्रेसलाइ खांचो छ । तर केहि बेहोरेका भोगेका यथार्तलाइ पनि नजर अनदाज गर्न मिल्छ र ? गछदार जी लाइ सबै नेताहरुले आवश्यकता अनुसार उपयोग गरेकै हुन कांग्रेसमा छंदा गिरिजा बाबु का हानुमान भन्दथिए।कांग्रेसको केन्द्रिय सदस्यको उमेदवार हुंदा के के बेहोरनु परेको थियो समझना होलान । पहिलो संबिधान सभाको निर्वाचनमा प्रत्यछ निर्वाचनमा टिकट नपाउने पकापकी थाहा पाऐर नै बालुवाटार बाट निस्केर पार्टी छोडेको हो । आफनो राजनिति सिधिने देखेर नै आफनो राजनिति जोगाउन फोरममा गएको त हो । कांग्रेसमा स्थापित हुने बेला लाखेटिएको हो। उपेन्द्रको फोरमले पनि तपाइलाई उपयोग गरेकै हो।गछदार जी दलबल सहित फोरमलाई धेरै...

बिजय गच्छदार पार्टिबाट निष्कासित

थारुके आवाज/२०७४ असोज ३० गते सोमबार नेपाल लोकतान्त्रिक फोरमका अधिकाश केन्द्रिय सदस्यहरुले काँग्रेसमा सहभागि नहुने बताएका छन् । उनीहरुले कांग्रेसमा लागेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई निष्काशनको घोषणा पनि गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालमा, नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारुले यस्तो बताएका हुन्।  सह–अध्यक्ष शिवलाल थारुले भने,‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ति सबै हल्ला हुन, हामी यहि पार्टीबाट कानुनले दिएसम्म चुनाव लड्छौँ, यदि मिलेन भने स्वतन्त्र मैदानमा उत्रिन्छौँ।’ मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि हाम्रो पार्टी रहिरहने भन्दै थापाले भने,‘गच्छदारले पार्टीको नियम, निती, निर्देशन, विपरित काम गर्नु भएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका छौँ।’ पार्टीले जारि गरिएको विज्ञप्तीमा भनिएको छ,‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंक्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ।’   

देउवाको राजनीति

Image
जनार्दश र महरा आउटः कमल थापा परराष्ट्र, विजय गच्छदार गृहमन्त्री ! थारुके आवाज(By admin)/२०७४ असोज ३० गते सोमबार माओवादी मन्त्रीहरुलाई बिनाविभागीय भूमिकामा सीमित गराउने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सरकारमा सहभागी भएको राप्रपा र काँग्रेस प्रवेश गर्न लागेका विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरमलाई महत्वपूर्ण मन्त्रालय दिने भएका छन् ।  प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार केही दिनअघि उपप्रधानमन्त्रीको सपथ लिएका राप्रपा अध्यक्ष कमल थापालाई परराष्ट्र र गच्छदारलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । हाल माओवादी केन्द्रका तर्फबाट सरकारमा नेतृत्व गरेका कृष्णबहादुर महराले परराष्ट्र र जनार्दन शर्माले गृह मन्त्रालय चलाइरहेका छन् ।सत्ता गठबन्धनको संस्कृतिविपरीत प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाउँदै देउवाले आफ्ना मन्त्री फिर्ता बोलाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए । तर, प्रचण्डले चुनाव गराउने उद्देश्यमा आधारित भएर काँग्रेस–माओवादी गठबन्धन निर्माण भएको भन्दै चुनावअ...

देउसी-भैलोको स्वरुप फेरिदै

Image
थारुके आवाज (PCM)/२०७४ असोज ३० गते सोमबार हजुरको आँगनीमा आयौँ देउसी खेल्नलाई । नाच्दै गाउँदै वर्ष दिनको चाड मान्नलाई झिलीमिली बत्ती चारैतिर औंसीका अँधेरीमा हजुरको आँगनीमा आयौँ देउसी खेल्नलाई... ए भनभन भाइ हो–देउसिरे ए स्वर मिलाइ भन–देउसिरे ए आँगनीमा–देउसिरे ए नाच्दै गाउँदै–देउसिरे ए छिर्काने मार्दै–देउसिरे ए देउसिरे भन–देउसिरे... ००० फूलको ढकमक्क सेलरोटीको बास्ना आयो मगमग, मादल र झ्याली बोकेर आए देउसे नाच्दै र गाउँदै देउसिरे खेल्नलाई... ००० तिहारमा यस्तै लोकभाकामा देउसी खेल्ने चलन छ । गीतबाट देउसीको प्रारम्भ गर्दै आँगनीमा प्रवेश गरिन्छ, त्यसपछि एक जनाले नेतृत्व गरी भट्याउन सुरु गर्छन् । र, बाँकी देउसेले बाजा–मादल, झ्याली आदिको साथमा देउसिरे भन्दै उत्साहसहित आँगनीमा नाच्ने गर्छन् । ‘पहिला र अहिलेको देउसी–भैलोमा धेरै भिन्नता पाइन्छ,’ संस्कृतिविद् गोविन्द टन्डन भन्छन्, ‘पहिलाका देउसी–भैलोको आनन्दै छुट्टै हुन्छ । तर, अहिलेको देउसी–भैलोमा त्यस्तो रोमाञ्चक देखिन्न ।’ एकोहोरो भट्याइरहँदा पट्यारलाग्दो होला भनेर बीचबीच तिहारसँगै जोडेर गीत गाउने गरेको पाइन्छ धेरै ठाउँमा ...

साङ्गितिक रमझम २०७४

Image
              थारुके आवाज/२०७४ असोज २९ गते आइतबार  यही २०७४ कार्तिक ५ गते आइतबारका दिन बिहान ११ बजे देखि बर्जु गाउँ पालिका -६ दैता (पोखरीको डिलमा)सुनसरी मा दैता समूह को आयोजनामा २०७४ सालको दिपावली तथा छट पर्वको शुभकामना को साथ सातौ दिवा साङ्गितिक रमझम २०७४ गर्ने भएको छ। उक्त कार्यक्रम को प्रमुख अतिथी फरवार्ड माइक्रो फाइनान्सका प्रमुख भगवति चौधरी रहनु हुनेछ भने बिशिस्ट अतिथीमा बर्जु गाउपालिका प्रमुख रघुनन्दन चौधरी रहनु हुनेछ । त्यसै गरि उक्त कार्यक्रम को मुख्य आकर्षणमा गायक हरु प्रवलदिप बिश्वास,DJ KRISHNA,देव कृष्ण बिश्वास,राम चन्द्र चौधरी ,निकिता मण्डल ,अनुमा चौधरी र प्रकाश माझी को बेजोड गित को प्रस्तुतीहरु रहने छ भने मिस थार्नी डान्स युनिट,अमाही बेल्हा डान्स युनिट,जुनियर डेभलपमेन्ट क्लब,बर्जु चिमडी डान्स क्लब,बर्जु इनरुवा डान्स क्लब र दैता डान्स गाइज को धमाकेदार डान्स प्रस्तुती रहने आयोजक समितिले जनाएको छ।  त्यसै गरि उक्त कार्यक्रम सफल बनाउन मिसन नेपाल,Leo club of Biratnagar young heart, थारुके आवाज, थारु कला प्रतिश्ठान,थारु बिधार्थी सभ...

मेरो डायरी

Image
                                             मेरो डायरी .......(सत्य कथा) भगवान पुज्न कुनै मठ मन्दिर धाउन पर्दैन , यदि स्वच्छ मनले कसैलाई सेवा गर्नुहुन्छ भने तपाई स्वयम् भगवान हुनुहुन्छ। स्वर्गको आनन्द उसले मात्र प्राप्त गरेको हुन्छ, जो निस्वार्थ अनि निष्पक्ष ढङ्गले सधै अरुको भलो चाहन्छ र अरुकै खुसीमा रमाउन छन। यदि तपाई सत्यको बाटोमा हिंड्नु भएको छ भने बाधा अबरोध आउन सक्छन् त्यसलाई चिर्दै अघि बढनु हुन्छ भने एक दिन अवश्य लक्ष्य प्राप्त गर्नु हुनेछ। समय गतिशील छ आफ्नो गतिमा चलिरहेको हुन्छ। समयले कसैलाई पर्खदैन। यही समय संगै हाम्रो जीवन चक्र चलिरहेको हुन्छ। समयको महत्त्व जसले बुझेको हुन्छ त्यो ब्याक्तीको हरेक पाइलामा सफलताले चुमेको हुन्छ। जीवन सुखदुःख को संगम हो। कहिले सुख त कहिले दुख, यसरी नै हाम्रो जिवन अनन्तकाल सम्म चलिरहनेछ। सबैकोे एकै किसिमको जीवनयापन हुदैन कोहि धनी छन त कोहि गरिव , कोहि सुखले मातिएका हुन्छन् त कोहि दुखमा पनि खुसी खोजेको हुन्छ। यधपी यसलाई हामीले य...

थारुके आवाजको वेब पेज

Image
थारुके आवाज/२०७४ असोज ३० गते सोमबार थारुके आवाज ले आज देखि समाचार तथा विभिन्न किसिमका जानकारी तथा सुचना जनता समक्ष पुर्याउन को लागि वेब पेज सन्चालन मा ल्याएको छ।