सुनसरीका प्रमुख प्रहरी एस पि बिधानन्द माझी सम्मानित
उत्कृष्ठ कार्य सम्पादनका आधारमा सुनसरीका एसपी सम्मानित
थारुके आवाज(pcm tharu)/२०७४असोज ३० गते मङ्गलबार
सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी ६२ औं प्रहरी दिवसको अवसरमा सम्मानित हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भई आएको छोटो समयमा सुम्पिएको पदीय दायित्व र जिम्मेवारी विभागिय निति निर्देशन अनुरुप अनुशासित तवरले कार्य सम्पादन गरेको मूल्याङकनका आधारमा एसपी माझीलाई संघीय प्रहरी ईकाई कार्यालयले सम्मान गरेको हो । कार्य दक्षता र हौसलामा अभिवृद्धि हुनुका साथै प्रहरी कर्मचारीहरु समेतमा सकारात्मक प्रभाव पर्न जाने भएकाले कार्य सम्पादन मूल्याङकनका आधारमा एसपी माझीलाई ६२ औं प्रहरी दिवसका अवसरमा सम्मान गरिएको संघीय प्रहरी ईकाई कार्यालय धरानले जनाएको छ । माझी सुनसरी सरुवा भई आएको चार महिनाको अवधीमा प्रहरीले लाखौं मूल्यको भन्सार छलिका सामान बरामद गरि भन्सार बुझाएको छ । फरार अभियुक्त पक्राउसँगै तस्करी नियन्त्रण, मदिरा उत्पादन तथा विक्रिमा कडाई र जुवा तासका साथै गुण्डागर्दी नियन्त्रणको अभियानलाई एसपी माझीले सुनसरी आइकन कडाईका साथ अघि बढाएका छन् ।

Comments
Post a Comment