सातौ दिवा साङ्गितिक रमझम २०७४ सम्पन्न


थारुके आवाज/२०७४ कार्तिक ६ गते सोमबार
हिजो २०७४ कार्तिक ५ गते आइतबारका दिन बिहान ११ बजे देखि बर्जु गाउँ पालिका -६ दैता (पोखरीको डिलमा)सुनसरी मा दैता समूह को आयोजनामा २०७४ सालको दिपावली तथा छट पर्वको शुभकामना को साथ सातौ दिवा साङ्गितिक रमझम २०७४ सप्पन्न भएको छ। उक्त कार्यक्रम को प्रमुख अतिथी फरवार्ड माइक्रो फाइनान्सका प्रमुख भगवति चौधरी हुनुहुन्थ्यो भने बिशिस्ट अतिथीमा बर्जु गाउपालिका प्रमुख रघुनन्दन चौधरी रहनु भएको थियो।
 त्यसै गरि उक्त कार्यक्रम को मुख्य आकर्षण गायक हरु प्रवलदिप बिश्वास,DJ KRISHNA,देव कृष्ण बिश्वास,राम चन्द्र चौधरी ,निकिता मण्डल ,अनुमा चौधरी र प्रकाश माझी को बेजोड गित को प्रस्तुतीहरु दिनु भएको थियो भने मिस थार्नी डान्स युनिट,अमाही बेल्हा डान्स युनिट,जुनियर डेभलपमेन्ट क्लब,बर्जु चिमडी डान्स क्लब,बर्जु इनरुवा डान्स क्लब र दैता डान्स गाइज र स्थानीय कलाकारहरूको धमाकेदार डान्स प्रस्तुती रहेको थियो।
 त्यसै गरि उक्त कार्यक्रम सफल बनाउन मिसन नेपाल,Leo club of Biratnagar young heart, थारुके आवाज, थारु कला प्रतिश्ठान,थारु बिधार्थी सभाको सहकार्य रहेको थियो भने सह आयोजक दैता पोखरी संरक्षण समिती बर्जु गाउपालिका -६ र आयोजक दैता युवा समूह बर्जु गाउपालिका -६ ले कार्यक्रम साङ्गितिक रमझम २०७४ को आयोजना गरेको थियो। साथै आयोजकले सम्पुर्ण उपस्थित दर्शकहरुलाई शुभ दिपावली र छैठ पर्व २०७४ को शुभकामना सहित सहभागी कलाकारहरुलाइ प्रमुख अतिथी मार्फत मायाको चिनो प्रदान गर्नु भएको थियो।

Comments

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा

मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै