त्रिशूली बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो दुर्घटनाका घाइतेहरुकाे नामावली सहित
थारुके आवाज/२०७४ कार्तिक ११ गते शनिबार
धादिङ्गको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाकाे मृत्यु भए पनि पहिचान नखुलेको अनलाइनखबरलाई जानकारी दिए । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भएको तर बसमा कति यात्रु भन्ने खुलेकाे छैन । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो । घाइतेहरुका अनुसार बसमा करीब ५० जनाभन्दा बढी यात्रु थिए । प्रशासकीय अधिकृत मिश्रका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ।
घाइतेहरुकाे नामावली
(१) अमन ठाकुर – राजबिराज न पा. – २
(२)श्रवण कुमार ठाकुर – राजबिराज न पा . -२
(३)उद्द्ब ठाकुर – – राजबिराज न पा . -२
(४)दिवस कान्त पन्डित – सिराह भगवानपुर -१
(५)दुर्गा नन्द चौधरी – राजबिराज न पा . -९
(६)दुर्गा नन्द यादब – राजबिराज न पा . -९
(७)नितिदिता चौधरी
(८)सुगम चौधरी
(९)सन्तोश सरदार – सप्तरी राजविराज
(१०)मनोज ठाकुर – मधुवन बिहार
(११)गणेश ठाकुर – मधुवन बिहार
(१२)गौरी शंकर ठाकुर – मधुवन बिहार
(१३)अभिषेक चौधरी – मधुवन बिहार
(१४)सुशिल यादब – सप्तरी राजविराज
(१५)सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज

Comments
Post a Comment