राम सागर चौधरीको सुझाव पत्र

आदरणीय समाजसेवी ,लेखक तथा थारु समाजका अग्रज राम सागर चौधरी ले आदरणीय नेता बिजय गच्छदार ज्युको लागि लेख्नु भएको सुझाव पत्र!!!

आदरनिय नेता बिजय कुमार गछदार ज्यू । जय नेपाल को अभिवादन । मलाई केहि मनमा खुलदुलि लागेर नै लेखेको हो । तपाईले आफुलाई कसरि हेर्नु भएको छ मलाई थाहा छैन। तपाईका बिचार, भाषणहरु र पत्र पत्रीकामा समाचार पढेर दृष्टीकोण बनाउन सकिनछ।तपाइ जस्तो सछम, सवल, होनहार, गतिसिल गुणहरुले भरिऐको ब्यक्ती कांग्रेसलाइ खांचो छ । तर केहि बेहोरेका भोगेका यथार्तलाइ पनि नजर अनदाज गर्न मिल्छ र ? गछदार जी लाइ सबै नेताहरुले आवश्यकता अनुसार उपयोग गरेकै हुन कांग्रेसमा छंदा गिरिजा बाबु का हानुमान भन्दथिए।कांग्रेसको केन्द्रिय सदस्यको उमेदवार हुंदा के के बेहोरनु परेको थियो समझना होलान । पहिलो संबिधान सभाको निर्वाचनमा प्रत्यछ निर्वाचनमा टिकट नपाउने पकापकी थाहा पाऐर नै बालुवाटार बाट निस्केर पार्टी छोडेको हो । आफनो राजनिति सिधिने देखेर नै आफनो राजनिति जोगाउन फोरममा गएको त हो । कांग्रेसमा स्थापित हुने बेला लाखेटिएको हो। उपेन्द्रको फोरमले पनि तपाइलाई उपयोग गरेकै हो।गछदार जी दलबल सहित फोरमलाई धेरै माथी उचाईमा पुगाएकै हो । सबैले गछदारलाई फुरकाई फुरकाई काम गराउछन जब बालि थनकाउने बेला हुन्छ खेदिनु पर्छ ।देउवालाइ प्रधान मन्त्री बनाऐकै हो।अहिलेको लोकतान्त्रीक नेपालको संबिधान निर्माणमा संकट बाट पारलगाउदै संबिधान निर्माण गर्न तारानहार बनेकै हो, बधाई छ। गछदार जी जहां पनि ईमानदारि पुर्वक खटे जोतिये तर जब प्रतिफल पाउने, लिने बेला आउछ धपाईन्छ पाखा लगाईन्छ। गछदार जी को नियाति याहि नै रहेछ। हानुमान झै काम गर्ने तर जस ढेढुहरुले पाउने।मान अपमान तिरस्कार बदनाम सबै अलंकार पाएका भोगेका छन र खारिएका छन। के गछदार जी आफै यो खेलमा फसछन त ? अहिले कांग्रेसलाई गछदारको धेरै खांचोछ जब चुनाव सकिन्छ अनि पाखा लगाएर परशु नारायानको झै हावीगत बनाउछ, हुन्छ। शारिरिक थकान उमेरले गलेका बाघै भएपनि बुढो भए पछि आफै सिकार मारन सक्तैनन।गछदार जी फोरम लोकतान्त्रीक पार्टी अध्यछ भएकोले देशले, समाजले धेरै आशा गरेका थिए किनकि पहिचान समर्थकहरुको भावना गांसिएको थियो तर अब के त्यो आशा निरासा मा बदल्ने त होईन ? लोकतान्त्रीक फोरममा पार्टी एकिकरण गर्न बृहत र सघन छलफल भएको जस्तो लागदैन । पाकेका बालि भित्राउनु को सटा आफै भित्रीए छन धेरै अन्योल र प्रस्नहरु छाडेर ।यो अन्योल र प्रश्नहरु समाधान ब्यबस्थापन गर्न सकेनन् भने आउदा दिन सहज हुने छैनन् । देश र जनताका लागि राजनिति गरेको छु भनेर हांक दिने नेता एउटा कुनामा थनको लागेर बसेको हेरने दिन नआवोस शुभकामना छ ।
 शुभेच्छुक: राम सागर चौधरी ।

Comments

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा

मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै