साङ्गितिक रमझम २०७४

             
थारुके आवाज/२०७४ असोज २९ गते आइतबार
 यही २०७४ कार्तिक ५ गते आइतबारका दिन बिहान ११ बजे देखि बर्जु गाउँ पालिका -६ दैता (पोखरीको डिलमा)सुनसरी मा दैता समूह को आयोजनामा २०७४ सालको दिपावली तथा छट पर्वको शुभकामना को साथ सातौ दिवा साङ्गितिक रमझम २०७४ गर्ने भएको छ। उक्त कार्यक्रम को प्रमुख अतिथी फरवार्ड माइक्रो फाइनान्सका प्रमुख भगवति चौधरी रहनु हुनेछ भने बिशिस्ट अतिथीमा बर्जु गाउपालिका प्रमुख रघुनन्दन चौधरी रहनु हुनेछ । त्यसै गरि उक्त कार्यक्रम को मुख्य आकर्षणमा गायक हरु प्रवलदिप बिश्वास,DJ KRISHNA,देव कृष्ण बिश्वास,राम चन्द्र चौधरी ,निकिता मण्डल ,अनुमा चौधरी र प्रकाश माझी को बेजोड गित को प्रस्तुतीहरु रहने छ भने मिस थार्नी डान्स युनिट,अमाही बेल्हा डान्स युनिट,जुनियर डेभलपमेन्ट क्लब,बर्जु चिमडी डान्स क्लब,बर्जु इनरुवा डान्स क्लब र दैता डान्स गाइज को धमाकेदार डान्स प्रस्तुती रहने आयोजक समितिले जनाएको छ।
 त्यसै गरि उक्त कार्यक्रम सफल बनाउन मिसन नेपाल,Leo club of Biratnagar young heart, थारुके आवाज, थारु कला प्रतिश्ठान,थारु बिधार्थी सभाको सहकर्य रहने छ भने सह आयोजकमा दैता पोखरी संरक्षण समिती बर्जु गाउपालिका -६ रहने छ र आयोजक दैता युवा समूह बर्जु गाउपालिका -६ ले कार्यक्रम साङ्गितिक रमझम २०७४ को आयोजना गर्दैछ्न। साथै आयोजक समूह ले सम्पुर्ण लाई शुभ दिपावली र छैठ पर्व २०७४ को शुभकामना सहित उक्त कार्यक्रम मा उपस्थित भै शोभा बढाइ दिन हुन भनेर निमन्त्रणा गर्नु भएको छ।

Comments

  1. जानकारी के लगिन बहुत बहुत धन्यवाद थारु के आवाज परिवार

    ReplyDelete
  2. जानकारी के लगिन बहुत बहुत धन्यवाद थारु के आवाज परिवार

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

देउसी-भैलोको स्वरुप फेरिदै

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा