थारु अनलाईन मिडिया र नेक्स्ट ईभेन्ट ईन्टरनेश्नलको आयोजनामा नेपालमै पहिलो पटक मिस र मिस्टर थारु प्रतियोगिता एक साथ हुँदै

 थारुके आवाज/२०७४ कार्तिक ०१ बुधबार
 थारु अनलाईन मिडिया र नेक्स्ट ईभेन्ट ईन्टरनेश्नलले नेपालमै पहिलो पटक मिस र मिस्टर थारुको आयोजना गर्न लागेको छ । जातीगत मिस र मिस्टर प्रतियोगिताहरुको आयोजना हुँदै आएपनि थारु समुदायमा यस्तो प्रतियोगित पहिलो पटक हुन लागेको हो । थारु समुदायबाट भने मिस नेपाल प्रतियोगितामा भाग लिएर उपाधि समेत जितिसकेको छ । बर्षा लेखीले मिस नेपालको दोस्रो रनरअप अर्थात मिस ईन्टरनेश्नल भइ सकेकी छिन् । यो उपाधी नै थारु समुदायबाट सहभागी प्रतियोगीहरुमध्येबाट सवैभन्दा ठुलो /उपाधी पनि हो । त्यस्तै बर्षा लेखी भन्दा अगाडी निश्मा चौधरीले टप पाँचमा पुग्दै मिस बब्ली भएकी थिईन । त्यस्तै पूजा चौधरीले एयर होस्टेसको फस्ट रनरअप भईसकेकी छन् । थारु युवा युवतीमा ट्यालेन्ट भएपनि यो क्षेत्रमा कसैले हात नहालेपछि उनीहरुको ट्यालेन्ट मरिरहेको छ । तर अबको केही दिनमै राजधानीमा मिस र मिस्टर थारुको एक साथ आयोजना हुँदै छ । यसले थारु समुदायको युवायुवतीमा भएको ट्यालेन्टलाई झन निखारिने छ । लामो समयको गृहकार्य पछि सुरेश चौधरी (भाईरस थारु)को नेतृत्वमा थारु अनलाईन मिडियाले प्रतियोगिताको आयोजना गर्न लागेको हो । थारु समुदायमा लोकप्रिय अनलाई थरुहट डट कमले समेत यो प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा मिस नेपाल प्रतियोगितामा मिस ईन्टरनेश्नल भईसकेकी बर्षा लेखी, मिस बब्ली निश्मा चौधरी र मिस एयर होस्टेस पूजा चौधरीको पनि प्रत्यक्ष सहभागी रहने छ । उनीहरुले प्रतियोगिताभरी प्रतियोगीहरुलाई आफै उपस्थित भई विभिन्न राउन्डमा प्रशिक्षण दिनेछिन् । प्रतियोगीहरुलाई तराईका विभिन्न जिल्लामा प्रतिनिधिहरु नै गएर अडिसन मार्फत छान्ने छ । चितवन, इटहरी, बुटवल लगायत जिल्लामा गएर अडिसन मार्फत प्रतियोगि छान्ने छन् । अडिसन राउन्डबाट ३० जना केटा र ३० जना केटी प्रतियोगी छान्ने छन् जसबाट विभिन्न राउन्ड गरेर मिस र मिस्टर थारु छान्ने छन् । प्रतियोगीले अडिसन राउन्डमा सहभागीता जनाउनका लागि ६ सय र टप ३० मा पर्नेहरुले १० हजार तिर्नपर्ने आयोजकले जनाएको छ । मिस र मिस्टर थारु हुनेहरुले नगद सहित बिभिन्न पुरस्कारहरु जित्ने छन् ।।

Comments

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

देउसी-भैलोको स्वरुप फेरिदै

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा