बारामा शंकर चौधरी थारु प्रहरी नियन्त्रणमा

थारुके आवाज/२०७४ कार्तिक ३ गते शुक्रबार
जितपुर–सिमरा उपमहानगरपालिका स्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउन्ड हवाईफायर गरेको छ ।बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो। प्रहरीले एक ठाउँका जुवाडेलाई समाउन खोज्दा गाउँका अन्य ठाउँका जुवाडेहरुले प्रहरीलाई गाउँमै घेरेको र बाध्य भएर स्थिति नियन्त्रणमा लिन हवाईफायर गरेको प्रवक्ता साहको भनाइ छ। जुवाडे र प्रहरीबीच दोहोरो झडपसमेत भएको थियो । झडपमा एक प्रहरीसहित केही स्थानीयवासी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–५ बकुलियाका शंकर चौधरी थारुलाई नियन्त्रणमा लिएको छ भने नगद रु १५ हजार बरामद गरेको छ ।

Comments

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

देउसी-भैलोको स्वरुप फेरिदै

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा