बिजय गच्छदार पार्टिबाट निष्कासित

थारुके आवाज/२०७४ असोज ३० गते सोमबार नेपाल लोकतान्त्रिक फोरमका अधिकाश केन्द्रिय सदस्यहरुले काँग्रेसमा सहभागि नहुने बताएका छन् । उनीहरुले कांग्रेसमा लागेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई निष्काशनको घोषणा पनि गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालमा, नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारुले यस्तो बताएका हुन्।  सह–अध्यक्ष शिवलाल थारुले भने,‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ति सबै हल्ला हुन, हामी यहि पार्टीबाट कानुनले दिएसम्म चुनाव लड्छौँ, यदि मिलेन भने स्वतन्त्र मैदानमा उत्रिन्छौँ।’ मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि हाम्रो पार्टी रहिरहने भन्दै थापाले भने,‘गच्छदारले पार्टीको नियम, निती, निर्देशन, विपरित काम गर्नु भएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका छौँ।’ पार्टीले जारि गरिएको विज्ञप्तीमा भनिएको छ,‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंक्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ।’   

Comments

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा

मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै