घुससहित समातिए इलाका प्रशासन कार्यालय धरानका तीन नासु
थारुके आवाज/२०७४ कार्तिक ८ गते बुधबार
सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान
आयोगले सोमबार इलाका प्रशासन कार्यालय धरानका तीन जना नायव सुब्बा (नासू) २० हजार घुससहित रंगेहात समातिएका छन् ।
आयोगका डिएसपी मुकुन्द रिजालको नेतृत्वमा खटिएको टोलीले इप्रका धरानका नायव सुब्बात्रय हर्कराज राई, युवराज पोखरेल र मोहन सुवेदीलाई समातेको हो । बराह नगरपालिका–२ का एक सेवाग्राहीलाई नागरिकताको जन्म मितिको महिना सच्याउनको लागि भन्दै २० हजार रुपैया घुस लिएका थिए । उनको जन्ममितिमा एक महिनाको फरक रहेको थियो । यथार्थमा जन्ममितिको महिना सच्याउनको लागि पैसा नलाग्ने कर्मचारीहरु बताउँछन् । जन्म मिति सच्याउनको लागि सम्बन्धित नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएपछि उक्त निवेदनको आधारमा प्रक्रिया पुर्याइएको कागजात हेरेर प्रशासनले सच्याउने गरेको छ । डिएसपी रिजालका अनुसार राईले लिएको नगद पोखरेल मार्फत् राजश्वका सुवेदीलाई दिएका थिए । सुवेदीले ड्रमा राखेका थिए । ‘पैसा एकैछिनमा राईमार्फत् पोखरेल हुँदै सुवेदीको हातमा पुगिसकेको रहेछ ।’ उनले भने, ‘पछि केरकार गर्दा मात्रै ड्रमा राखेको पाइयो ।’ राई नागरिकता प्रतिलिपी फाँटका नासु हुन् भने पोखरेल स्थानीय प्रशासन र सुवेदी राहदानी फाँटका हुन् । जन्ममितिको महिना सच्याउनको लागि सेवाग्राही तिहार अघिदेखि नै इप्रकामा धाएका थिए । तर, महिना सच्याउनको लागि रकम लाग्छ भनेपछि उनले स्थानीय उद्दवप्रसाद घिमिरेलाई भनेपछि उनीमार्फत् अख्तियारलाई खबर गरेका थिए । ‘त्यो भाइले पैसा लाग्छ भनेर हिजो राति मात्रै मलाई भनेपछि अख्तियारलाई खबर गरियो ।’ घिमिरेले भने, ‘त्यसपछि यहाँ पैसा दिएको एकै छिनमा गायव बनाउन खोजेका थिएँ ।’ पैसा नभइन्जेलसम्म कामसमेत अघि नबढाएको उनले बताए । त्यसपछि इटहरीबाट पैसा ल्याउनुपर्ने छ भनेर भनेपछि पैसा आएपछि मात्रै काम अघि बढाएको उनले बताए । यता पोखरेल र सुवेदीले आफूलाई राईले फँसाएको बताएका थिए । डिएसपी रिजालले भने पैसा लिँदै गरेको अवस्थामा रंगेहात तीनजनालाई पक्राउ गरेको बताए । उनले भने, ‘नागरिकताको जन्म मिति सच्याउनु पर्ने भनेपछि २० हजार रुपैया लाग्छ भनेर भनेछन् । त्यही अनुसार पैसा दिएको अवस्थामा हामीले तीनजनालाई नियन्त्रणमा लियौं ।’ इप्रका धरानमै सम्पूर्ण मुचुल्का बनाएर मंगलबारै काठमाडौं पठाउने तयारी भइरहेको डिएसपी रिजालले बताए । उनले तीन जना कर्मचारीहरु नै आजैबाट निलम्बनमा पर्ने बताएका छन् । यता इलाका प्रशानसका जयराम श्रेष्ठले आफूहरुलाई कुनै जानकारी नै नदिई उनीहरुले रकम लिने÷दिने काम गरेको रहेछ । ‘एक–दुई नम्बरलाई त थाहै छैन् । हामी कहाँ आइपुगेको भएँ प्रक्रिया बताइदिने थियौं । उनले भने हामीलाई केही जानकारी नै भएन् । एक्कासी अख्तियारले रंगेहात पक्राउ परेपछि मात्रै थाहा भयो ।

Comments
Post a Comment