सुनसरी क्षेत्र न.३ मा ने क पा एमाले नेत्री भगवती चौधरी को जीत को सुनिश्चितता को दाबी

थारुके आवाज/२०७४ कार्तिक १५ गते बिहिवार सुनसरी– नेकपा (एमाले) बाट सुनसरी क्षेत्र नंं ३ की उम्मेद्वार, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले यसपटक आफ्नो जित सूनिश्चित भएको बताएकी छन् । सुनसरी क्षेत्र नं. ३ मा मतदाताको माया र सहयोगले आफ्नो जीत सूनिश्चित भएको दाबी गर्दै उनले भनिन्,“यसअघिको संविधानसभा निर्वाचनमा मेरो पक्षको मत नियतबस वदर गराएर मलाई हराइएको थियो, यसपाली त्यस्तो हुन नदिनप्रति सबै सचेत हुनुपर्छ ।” सुनसरीको समृद्धिका लागि विकास निर्माण र युवाको रोजगार नै आफ्नो पहिलो एजेण्डा रहेको बताउँदै नेतृ चौधरीले गच्छदार पैसाको चलखेल गरेर मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाइन् । उनले आफू निर्वाचित भएमा सुनसरीमा ‘एक घर एक रोजगार’को ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाइन् । सुनसरीको विकास, आर्थिक सवलीकरण, एक घर एक रोजगारको व्यवस्था, प्राविधिक शिक्षालयको स्थपना तथा महिलाको सशक्तिकरण गर्ने लक्ष्य आफ्नो रहेको बताउँदै उनले यसपाली आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गरिन् । चुनावी अभियानकाक्रममा उनले अहिले घरदैलो अभियान गरिरहेकी छन्। यसअघि दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । यसपाली पनि प्रमुख प्रतिस्पर्धा गच्छदारसँगै भएपनि गच्छदारले यस क्षेत्रको विकासभन्दा आफ्नो सत्ता स्वार्थमा बढी ध्यान दिनेहुनाले यो निर्वाचनमा मतदाताले आफूलाई विजयी बनाउने विश्वास उनको रहेको छ । पार्टी संगठन, आफ्नो नेतृत्वको फरवार्ड बैंक संगठन, महिला समूह, पेशागत संगठन तथा अन्य कमिटीलाई परिचालन गरेर नेतृ चौधरी अहिले मतदाता रिझाउने अभियान थालेकी छन्। दोस्रो संविधानसभा निर्वाचनमा तीनसय मतको अन्तरले गच्छदारसँग पराजित भएकी एमाले नेतृ चौधरीले यसपालीको वाम गठबन्धन र स्थानीयको माया र सहयोगले आफू भारी मत अन्तरले निर्वाचन जित्ने दावी गरिन् । “यसअघि मैले चुनाव हारेको होइन, मलाई हराइएको हो”, उनले भनिन्, “जालझेलले निर्वाचन जितेर यहाँको विकास सम्भव छैन, म यहाँका जनताको मत र सहयोगले आफ्नो जित सुनिश्चित् गर्छु ।”

Comments

Popular posts from this blog

मलेसियाको NOTION VENTURE कम्पनिमा भीषण आगलागी

आलुचप बेच्ने पूर्व सांसदकी आमाको सपना छोराले चुनाव जितेर मन्त्री भएको हेर्ने इच्छा

मोरङ्गको पत्थरघट्टामा सान्स्कृतिक कार्यक्रम हुदै