आवाज(पृथीचन)/२०७४ कार्तिक ३ गते शुक्रवार आज अहिले भर्खरै लगभग मलेसियन समय अनुसार दिउँसो २:१५ मा मलेसियाको सेलेङ्गर केलाङ्गको मेरु भन्ने ठाउमा नेपाली कामदारहरूले काम गरि रहेको कम्पनी(NOTION VENTURE) NOTION VTEC BERHAD मा आगलागी भएको छ। आगलागी नियन्त्रण गर्न ३/४ वटा दमकलले प्रयास गरि रहेको र अहिले ३:०० बजे सम्ममा पनि नियन्त्रण हुन सकेको छैन भनि उक्त कम्पनी मा काम गर्ने हाम्रा सहकर्मी कृष्ण चौधरी ले थारुके आवाजलाइ जानकारी गराउनु भएको छ।
थारुके आवाज (PCM)/२०७४ असोज ३० गते सोमबार हजुरको आँगनीमा आयौँ देउसी खेल्नलाई । नाच्दै गाउँदै वर्ष दिनको चाड मान्नलाई झिलीमिली बत्ती चारैतिर औंसीका अँधेरीमा हजुरको आँगनीमा आयौँ देउसी खेल्नलाई... ए भनभन भाइ हो–देउसिरे ए स्वर मिलाइ भन–देउसिरे ए आँगनीमा–देउसिरे ए नाच्दै गाउँदै–देउसिरे ए छिर्काने मार्दै–देउसिरे ए देउसिरे भन–देउसिरे... ००० फूलको ढकमक्क सेलरोटीको बास्ना आयो मगमग, मादल र झ्याली बोकेर आए देउसे नाच्दै र गाउँदै देउसिरे खेल्नलाई... ००० तिहारमा यस्तै लोकभाकामा देउसी खेल्ने चलन छ । गीतबाट देउसीको प्रारम्भ गर्दै आँगनीमा प्रवेश गरिन्छ, त्यसपछि एक जनाले नेतृत्व गरी भट्याउन सुरु गर्छन् । र, बाँकी देउसेले बाजा–मादल, झ्याली आदिको साथमा देउसिरे भन्दै उत्साहसहित आँगनीमा नाच्ने गर्छन् । ‘पहिला र अहिलेको देउसी–भैलोमा धेरै भिन्नता पाइन्छ,’ संस्कृतिविद् गोविन्द टन्डन भन्छन्, ‘पहिलाका देउसी–भैलोको आनन्दै छुट्टै हुन्छ । तर, अहिलेको देउसी–भैलोमा त्यस्तो रोमाञ्चक देखिन्न ।’ एकोहोरो भट्याइरहँदा पट्यारलाग्दो होला भनेर बीचबीच तिहारसँगै जोडेर गीत गाउने गरेको पाइन्छ धेरै ठाउँमा ...
थारुके आवाज/ मोरङ्ग सानो बासको छाप्रो । छाप्रो मुनि चुलो बनाएर आलु चप र प्याजी बनाएर बिक्री गर्ने एक बृद्धा महिला । मोरङ्गको बुढीगंगा गाउँपालिका – ७ तिलाठे चौकमा ६७ बर्षिया बालोदेवी मोदी (थारु) प्याजी र आलु चप बनाएर बिक्री गरेको १५ वर्ष भएको छ । यसरी हप्तामा दुई पटक स्वादिलो प्याजी र आलु चप विक्री गर्ने थारुनी वृद्धा पूर्व संसद अमनलाल मोदीका आमा हुन् । अमनलाल मोदी दोस्रो संबिधान सभाको निर्वाचनमा माओबादी केन्द्रबाट सांसद बनेका थिए । चार बर्ष पहिले संसदमा मध्यराती कुर्सी भाँचेर उनले आम चर्चा पाएका थिए । बिघठित संसदको शुसासन समितिका सदस्य रहेका मोदी थारु कल्याणकारी आन्दोलनमा पनि सक्रृय थिए । हातखुट्टा चलुन्जेल गरेर खानुपर्छ मागेर हैन भन्ने साहशी आमा बालोदेवीको बुझाई छ । यसैले छोराहरुले अब काम गर्नुपर्दैन भन्दा पनि उनले चौकमा बसेर चप बिक्रि गर्न छाडेकी छैनन् । चप बेचेर दिनको ३ देखी ५ सय रुपैया सम्म कमाई गर्दै आएको उनले बताइन् । एकल महिला बालोदेवीले चप बिक्रि गरेरै आफना ७ जना सन्तानको लालन पोषण गरेको स्थानियहरु बताउँछन् । पूर्व सांसद अमनलाल निम्न बर्गीय परिवारकी बालोदेवीका कान्छा छोरा ह...
वेब पेज थारु के आवाज संचालन मे येल मे खुशी गर्व लाग्ली ।
ReplyDeleteवेब पेज थारु के आवाज संचालन मे येल मे खुशी गर्व लाग्ली ।
ReplyDelete